लकडाउन खुकुलो भएपछि हिजोआज काठमाडौं उपत्यकाको जनजीवन सामान्य

१ असार, काठमाडौं ।

लकडाउन खुकुलो भएपछि हिजोआज काठमाडौं उपत्यकाको जनजीवन सामान्यसरह नै बन्न थालेको छ ।

स्कुल, क्याम्पस र केही व्यवसाय छाडेर धेरै ब्यापार, व्यवसाय र पसल खुलेका छन् । सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाको कार्यालय खुलेका छन् । सरकारले साइकल र मोटरसाइकल सञ्चालन खुला गरेको छ भने निजी सवारी साधनलाई जोर विजोर प्रणाली लगाएको छ ।सार्वजनिक यातायात नचलेको र निजी चार पांग्रे सवारी साधनमा जोर विजोर प्रणाली लगाए पनि काठमाडौंका सडकमा गाडीको चाप छ । कार्यालय समयमा त कतिपय चोकमा जाम पनि हुन थालेको छ । कोरोना महामारीविरुद्ध सचेतना अपनाई दैनिक कामकाजमा फर्किने सरकारी निर्णयको पालना हुन सकेको छैन ।

Recommended For You

Leave a Reply

Your email address will not be published.