मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

१ असार, डोटी 

डोटीको बडीकेदार गाउँपालिका-३, सुनालेकमा मिनिट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

गाउँपालिकाको वडा नं. ३ घाङलमा खाद्य सामग्री पुर्‍याएर फर्किँदै गरेको से१ख १२६२ नं. को मिनिट्रक दुर्घटना हुँदा सोही गाउँपालिकाका ४० वर्षीय डबल पुनमगर र उनका १४ वर्षीय छोरा धिरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।

दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन् । ट्रक चालक श्यामलाल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक लालबहादुर बोहरा नेतृत्वको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी नायव उपरीक्षक मल्लले जानकारी दिए ।

घटनाको कारण खुल्न सकेको छैन । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.