यु के बासी गायक चन्द लामाको ‘छम ‘छम नाचिदेउ है ‘ सार्बजनिक ( भिडियो)

काठमाण्डौ
गायक चाँद लामाको ‘छम ‘छम नाचिदेउ है ‘ सार्बजनिक भएको छ । यूकेमा आफ्नो कर्म थलो बनाउदै आउनु भएको गायक चाँद लामा गायक मात्र नभई डी जे को रुपमा पनि चिर परिचित छन् । नेपाल बाहिर परिवार सहित बस्नु भए पनि आफ्नो देश नेपाल नेपाली र नेपाली गीत संगीतलाई निकै माया गर्ने गायक डी जे डी जे चाँद लामा यूकेमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो कलाको जादु चलाई सक्नु भएको छ ।

बजारमा भखरै मात्र सार्बजनिक गर्नु भएको ‘छम ‘छम नाचिदेउ है ‘ कै लागि यूके बाट नेपाल आउनु भएको छ । तेस बाट पनि थाहा हुन्छकी नेपाल र नेपाली गीत संगीतलाई कति माया गर्नु हुन्छ भनेर । डी जे तथा गायक चाँद लामा भन्नु हुन्छ अन्तिम सास रहुन्जेल नेपाली गीत संगीतमा लागि रहने बताउनु हुन्छ ।

भिडियो हेर्नुहोस :

‘छम ‘छम नाचिदेउ है ‘मा चाँद लामा र निर्मला घिसिङ्गको आवाज रहेको छ भने शब्द राजेश श्रेष्ठको रहेको छ । संगीत तथा संगीत सयोजन सम्राट थापाको रहेको छ । उक्त भिडियोमा नायक तथा मोडल प्रिन्स थापा र तिर्सना बसेलको जोडदार अभिनय तथा नित्य हेर्न सकिन्छ भने भिडियोलाइ सम्पादन गर्नु भाको छ मन्दील श्रेष्ठले । भिडियो निकै राम्रो बनेको र निर्देशक राहुल बराइलीको कामको निकै तारिफ पनि भै रहेको छ । निर्देशक राहुल बराइलीको नाम नेपाली भिडियो छेत्रमा निकै आगाडी पनि देखिन्छ । आफ्नो काम इमान्दारी संग गर्ने निर्देशकको रुपमा पनि चिनिन्छ ।

डी जे तथा गायक चाँद लामा यो सफलता र नेपाली दर्शकहरुको मायाले गर्दा खुशी हुदै अब फेरी चाडै अर्को कोसेली ‘अजिङ्गरको आहारा ‘ लिएर आउदै हुनु हुन्छ ।

बजारमा सार्बजनिक भएको ‘छम ‘छम नाचिदेउ है ‘ लाइ OSR Digital Youtube Chanel मार्फत सार्बजनिक गरेको होर OSR Digital Youtube Chanel मा हेर्न सकिन्छ ।

 

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *