गुल्मीमा थप तीन जनामा कोरोना संक्रमण

१ असार, गुल्मी 

गुल्मीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार संक्रमित तीनै जना मुसिकोट नगरपालिकाका रहेका छन् । मुसिकोट नगरपालिका–३ का १७, १८ र १९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको उनले बताए । तीनै जना व्यक्तिहरु भारतबाट आई क्वारेन्टाइनमा बस्दै आएका थिए । यससँगै गुल्मीमा काेराेना संक्रमितको संख्या २० जना पुगेको छ । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.