१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार

१ असार, झापा

झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय रमेश बस्नेत छन् ।

प्रहरीका अनुसार घटना २६ जेठको हो । साँझ घरबाट पसल जाँदै गरेका वेला बस्नेतले दुर्व्यहार गर्न खोजेको प्रहरीमा जाहेरी परेको छ ।इलाका प्रहरी कार्यालय, काँकरभिट्टका डीएसपी राजेन्द्र पोखरेलका अनुसार बस्नेतविरुद्ध बाल यौन दुरुपयोगको कसूर अन्तरगत म्याद थप गरिएको छ । उनले भने, ‘जिल्ला अदालत, झापाबाट सात दिनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं । ’www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.