‘प्रेम गीत ३’ यहि बर्षको चैत्रमा रिलिज हुने पक्का

३१ जेष्ठ ,काठमाडौं 
२०७६ को प्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ २०७७ चैत्रमा प्रदर्शन हुने पक्का भएको छ। गतचैत्र २८ मा प्रदर्शनको तरखरमा रहेको फिल्म कोरोनाका कारण प्रदर्शन हुन सकेन। प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रम पुरी, लक्ष्मी वर्देवा लगायतको अभिनय रहेको फिल्ममा सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको छ । आशुसेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्ममा कल्याण सिंह, एलिस कार्कीको संगीत, हिमाल केसीको द्धन्द्ध, कविराज गहतराजको नृत्य तथा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । नेपाल सरकारले गरेको लकडाउनका कारण सो मितिमा रिलिज हुन भने सकेन ।
अब यो फिल्म १० महिनापछि अर्थात यसै वर्षको अन्तिम महिना चैत्रमा रिलिज हुने भएको छ । निर्माता निर्देशक सन्तोष सेनले ‘प्रेम गीत ३’ आगामी चैत्रमा रिलिज गर्ने सोच रहेको बताए । ‘फिल्मको एक महिना जतिको पोष्टप्रोडक्सन काम छ । अब केही दिनमा काम सुरु हुन्छ गर्छाै’ सेनले भने, ‘फिल्म रिलिज अगामी चैत्रमा गर्ने योजना छ ।’ कोरोनाको कहर सामान्य भएर आगामी दशंैसम्म फिल्म रिलिज हुने बातावरण बन्ने अनुमान गरेका सेनले थपे– ‘फिल्मको रिलिज दशैंमा पनि गर्न सक्थे । लगानी धेरै भएकोले हतार नगरि रिलिज गर्ने योजनाले चैत्र रोजेको हो ।’

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *