दाङको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

३१ जेठ, बुटवल 

दाङमा क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु भएका छ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ घर भएका १८ वर्षीय युवकको मउत्यु भएको हो ।

भारतबाट आएका उनी जेठ १२ गते बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टिनमा बसेका थिए । उनलाई बान्ता हुनुका साथै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई शनिबार (आज) बिहान उपचारका लागि बुटवल ल्याइको थियेा ।

तर उनको मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन् ।

उनको थ्रोट स्वाब भेन क्वारेन्टिनमा बस्दा नै संकलन भएको थियो । जेठ २१ गते स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइए पनि रिपोर्ट आएको छैन । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.