वैज्ञानिकहरुले मानिसले वन्यजीवनबाट रोगकमहरु मानिसको बीचमा पुगेर विश्वभर फैलिन सक्ने अवस्था सृजना गरेको चेतावनी

काठमाडौं । वैज्ञानिकहरुले मानिसले वन्यजीवनबाट रोगकमहरु मानिसको बीचमा पुगेर विश्वभर फैलिन सक्ने अवस्था सृजना गरेको चेतावनी दिएका छन् । प्रकृतिक विश्वमा मानिसको अतिक्रमणको कारण यसरी रोग फैलिन अझै सहज भएको नयाँ रोग फैलिने प्रक्रिया र स्थानको अध्ययन गरिरहेको वैज्ञानिकहरुले बताएका हुन् ।

यो प्रक्रियामा विशेषज्ञहरुले एक प्याटर्न–रिगग्निसन सिस्टमको विकास गरेका छन् । यसले वन्यजन्तुबाट आउने कुन रोग मानिसको लागि कत्तिको हानिकारक हुन्छ भन्ने कुराको अनुमान गर्नेछ ।

युनिभर्सिटी अफ लिभरपुलका वैज्ञानिकको नेतृत्वमा भइरहेको यो प्रयासमा भविष्यमा आउन सक्ने महामारीको लागि तयार रहने नयाँ मार्ग खोज्ने काम भइरहेको छ ।

पाँच पटक बाँचियो तर …..

‘पछिल्लो २० वर्षमा हामीले सार्स, मार्स, इबोला, एभियन इन्फ्लुएन्जा र स्वाइन फ्लुजस्ता ठूलो खतराको सामना गरिसकेका छौँ’, युनिभर्सिटीका प्राध्यापक म्याथ्यु बेलिसले भने, ‘हामीले पाँचओटा महामारीबाट पार पायौँ तर छैठौँमा भने बच्न सकेनौँ ।’

‘हामीले सामना गर्नुपर्ने यो अन्तिम महामारी पनि होइन, त्यसैले हामीले वन्यजन्तुबाट आउनसक्ने रोगको विषयमा विशेष अध्ययन गर्नु जरुरी छ ’, उनले थपे ।

यो अध्ययनको क्रममा बेलिस र उनका साथीहरुले ‘प्रिडिक्टिभ प्याटर्न रिकग्निसन सिस्टम तयार पारेका छन् । यसले सबै अहिलेसम्म थाहा भएका जीवजन्तुसँग सम्बन्धित रोगहरुको अनुसन्धान गर्न सक्छ । यो प्रणालीले हजारौं जीवाणु,। जरजीवी र विषाणुहरुको अध्ययन गरेर यी रोगहरुले कति र कुन प्रकारका प्रजातिलाई असर गर्छ भन्ने कुरा पत्ता लगाउँछ । यो जानकारीको आधारमा यो प्रणालीले कुन रोग मानिसको लागि कत्तिको हानिकारक छ भन्ने कुरा पत्ता लगाउन सक्छ ।

कुनै भाइरसलाई प्राथमिकताको सबैभन्दा अगाडि राखिएको छ भने वैज्ञानिकले यो भाइरसले महामारीको रुप लिनुभन्दा पहिला नै अनुसन्धान शुरु गर्न सक्छन् । बेलिस भन्छन्, ‘कुन रोगले महामारीको रुप लिन्छ भन्ने तय गर्नु दोस्रो चरणको काम हो । अहिले हामी पहिलो चरणको काम गरिरहेका छौँ ।’

धेरै वैज्ञानिकहरु जंगल मास्ने र विविधतापूर्ण वन्यजन्तुको जीवनमा मानिसको अतिक्रमण गर्ने मानिसको स्वभावको कारण जनावरबाट मानिसमा रोग बारम्बार प्रसार हुने गरेको बताउँछन् । युनिभर्सिटी अअलेज लण्डनका प्राध्यापक केट जोन्स मानिसले बदलेको पारिस्थितिक प्रणालीबाट नै मानिसमा यस किसिमको रोग फैलिने खतरा रहेको बताउँछिन् । उनी भन्छिन्, ‘सबै हकमा यो लागू हुन्छ भन्ने छैन तर मुसाजस्ता केही प्रजातिका मानिसको अवरोध सहँदै आएका वन्यजन्तुहरु भाइरसलाई सम्हालेर राख्ने र संक्रमण फैलाउने मामिलामा निकै प्रभावकारी हुन्छन् ।’

यस्तो अवस्थामा जैव विविधिताको अवस्था आउन सक्ने उनको भनाइ छ । यसले मानिस र जनावरबीचको सम्पर्क बढाउँछ र केही निश्चित विषाणु, जीवाणु र परजीवीले मानिसलाई संक्रमित बनाउन सक्छन् ।

केही यस्ता रोगहरु फैलिएका छन्, जुन कुराले यो जोखिमलाई स्पष्टरुपमा देखाएको छ । सन् १९९९ मा मलेसियामा फैलिएको निपाह भाइरस चमेराबाट सुँगुरमा सरेको थियो ।

यो भाइरसको शुरुवात सुँगुरलाई बाँधिएको स्थानमा रहेको एक फलबाट भएको हो । चमेराले सुँगुरलाई बाँधिएको स्थाननजिकै रहेको रुखको फल आधा खाएको थियो । त्यो फल सुँगुर भएको स्थानमा खस्यो र सुँगुरले सो फल खायो । त्यसपछि संक्रमित भएको उक्त सुँगुरको सम्पर्कमा काम गर्ने २५० जना मानिसमा संक्रमित भए । एकसयभन्दा धेरै मानिसको मृत्यु भयो ।

निपाहबाट संक्रमित भएका मानिसको मृत्युदरको आकलनको काम अझै पनि जारी छ । अहिलेको आकलनअनुसार यसबाट मृत्यु हुनेको संख्या एक प्रतिशत छ । यद्यपि यसको मृत्युदर ४० देखि ७५ प्रतिशत रहेको बताइएको छ । अर्थात् यो भाइरसबाट संक्रमित भएका ४० देखि ७५ जनाको मृत्यु हुने गरेको थियो ।

 

रोग फैलिने सम्भावना

लिभरपुल युनिभर्सिटी र इन्टरनेशल लाइभस्टक रिसर्च इन्स्टिच्युट नाइरोबीका प्राध्यापक एरिक फिभरी शोधकर्ताहरुले जहाँबाट भाइरसको उत्पत्ति हुने जोखिम बढी हुन्छ, त्यो क्षेत्रमा निगरानी बढाउनुपर्ने बताउँछन् ।

जंगलको किनारामा रहेको खेत र पशुबजार यस्तो क्षेत्र हो जहाँ मानिस र अन्य वन्यजन्तुको बीचमा दुरी निकै कम हुन्छ । साथै यस्तो क्षेत्रबाट रोग फैलिने सम्भावना पनि बढी हुन्छ । ‘हामीहरुले निरन्तर यी हस्तक्षेत्रहरुमा निगरानी राख्दै कुनै असामान्य घटना देखिँदा तत्काल त्यसको प्रतिक्रिया दिने प्रणाली स्थापना गर्नुपर्छ’, फिभरीले भने, ‘मानिसमा यस किसिमको रोग वर्षमा तीनदेखि चारपटकसम्म आइरहेका छन् । यस्तो एसिया र अफ्रिकामा मात्र होइन, युरोप र अमेरिकामा पनि भइरहेको छ ।’

 

पटकपटक आउन सक्छन् रोगहरु

बेलिसका अनुसार नयाँ रोगहरुमा निरन्तर आफ्नो निगरानी राख्नु निकै महत्वपूर्ण हुन्छ । किनकी मानिसहरुले एक महामारी फैलिनका लागि उपयुक्त अवस्था सृजना गरिदिइसकेका छौँ ।

प्राध्यापक फिभरी पनि यस किसिमको रोग पटकपटक आउन सक्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रो प्राकृतिक विश्वसँग भइरहेको अन्तक्र्रियाको माध्यमबाट नै रोगहरु मानिसमा देखिँदै आएको छ । त्यसैले अहिलेको अवस्थामा यसलाई बुझ्ने र त्यसको प्रतिक्रिया दिनु सबैभन्दा महत्वपूर्ण हुन्छ ।’

अहिले देखिएको समस्याले प्राकृतिक विश्वमा मानिसको पारेको प्रभावको शिक्षा दिइरहेको फेभरीको भनाइ छ । यस्तो अवस्थामा मानिसले प्रयोग सामग्रीको प्रयोग गर्दा यसले प्रकृतिलाई कस्तो किसिमको प्रभाव पार्छ भन्नेमा ध्यान दिनु जरुरी रहेको फेभरीको भनाइ छ ।

स्रोत : बीबीसीwww.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.