किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जना पक्राउ

२१ जेठ, जनकपुरधाम ।

सिराहामा १५ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जना पक्राउ परेका छन् ।

सिराहा प्रहरीका अनुसार गोलबजार नगरपालिका-३ स्थित गागन खोलामा किशोरीलाई सामूहिक बलात्कार गरेकाे आरोपमा चार जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नरहा गाउँपालिका ४ बस्ने २५ वर्षीय रामबाबु भन्ने चन्देश्वर यादव, औरही गाउँपालिका २ बस्ने २० वर्षीय अम्बर यादव र २३ वर्षीय जगरनाथ यादव तथा सुखीपुर नगरपालिका ६ बस्ने १९ वर्षीय गोलु महतो छन् ।

पीडित किशोरीले दिएकाे बयानकाे आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरिएको सिराहा प्रहरीका प्रबक्ता बिनोद घिमिरेले जानकारी दिए । आराेपित चारै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको घिमिरेले बताए ।

www.onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.