गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमित ।

१८ जेठ, पोखरा ।

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको गल्याङ नगरपालिकामा २७ र ४० वर्षका २ जना र तनहुँको रिसिङ गाउँपालिकामा २८ वर्षका एक पुरूषमा कारोना संक्रमण देखिएको हो ।

प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कोरोना संक्रमित तिनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ । त्यसमध्ये बागलुङका २ जना र लमजुङका एक जना डिस्चार्ज भइसकेका छन् ।

onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.