कालिकोटमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ

१७ जेठ, सुर्खेत ।

कालिकोटमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार  गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने  दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शनिबार मात्रै ल्याबमा १ सय ५९ नमूनाको परीक्षण गरिएको र त्यस मध्ये १९ जनामा (कोभिड–१९) पोजिटिभ पुष्टि भएको डा. तिवारीले बताए । उनीहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् ।

योसंगै कर्णालीमा संक्रमितको संख्या ७७ पुगेको छ । उनीहरू मध्ये एक जनाको क्वारेन्टिनमै मृत्यु भएको छ ।

onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.