सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु

१६ जेठ, जनकपुरधाम । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् ।

गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो ।

Recommended For You

Leave a Reply

Your email address will not be published.