रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालेको छ

१६ जेठ, सुर्खेत ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालेको छ । गृहमन्त्रालयद्वारा गठिन समितिले शुक्रबारदेखि जाजरकोट पुगेर छानविन थालेको हो । समितिले शुक्रबार मात्रै पीडितपक्षसँग भेटघाट गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उक्त छानविन समितिले भेरी नगरपालिका–४ का सन्जु विकको पोष्टमार्टम रिपोर्टबारे स्वास्थ्य सेवा

घटनाबारे सदनदेखि सडकसम्म चर्को दबाव परेपछि सरकारले गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको थियो । शुक्रबार नै उक्त टोली रुकुम पश्चिम चौरजहारी नगरपालिका –८ सोतीमा जाने प्रजिअ पन्तले जानकारी दिए ।

उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव भेरी नदीमा फेला परिसकेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

उच्चस्तरीय समितिले शुक्रबार दलित अधिकारकर्मी संघ र संगठनले निष्पक्ष छानविनका लागि ६ बुँदे ज्ञापनपत्र संयोजक बस्नेतलाई बुझाएको अधिकारकर्मी पार्वती विकले बताइन् ।

Recommended For You

Leave a Reply

Your email address will not be published.