दाङ्गमा खुकुरी प्रहार गरेको आरोपमा तीन ब्यक्ति पक्राउ

३ चैत ,दाङ्ग

दाङ्ग तुलसीपुरमा खुकुरी प्रहार गरेको आरोपमा तीन ब्यक्तिलाई पक्राउ गरिएको छ । आईतबार राति १ बजेतिर टरिगाउँ एयरपोर्ट नजिकै तुलसीपुर ५ नामीनगर टोल निवासी २४ वर्षीय हिरा डाँगी माथि खुकुरी प्रहार गरेको आशंकामा तीनजना ब्यक्तिलाई पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार डाँगीमाथि खुकुरी प्रहारको आरोपमा तुलसीपुर-६ गोलौरा निवासी २३ बर्षीय अनुप बस्नेत, सोही ठाउ निवासी २२ बर्षीय शुसिल बस्नेत र सोही ठाउँका २५ बर्षीय अमिक खड्कालाई प्रक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीका अनुसार घटनामा संलग्न तुलसीपुर उपमहानगरपालिका वडा नं. १० नयाँगाउँ निवासी कस्मिर टण्डन भने फरार रहेका छन् । उनी अन्यत्र भाग्न सक्ने भन्दै सिमानामा पनि कडाई गरिएको योगीले बताए । उनी रा ३ प ६३९६ नम्बरको मोटरसईकलमा सवार रहेको समेत उनको भनाई छ । पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर अनुसन्धान भईरहेको छ । उनीहरु विरुद्ध कर्तव्य ज्यान सम्बन्धि मुद्दा दर्ता गरिएको छ । खुकरी प्रहारबाट डाँगीको मृत्यु भईसकेको छ । उनको जिल्ला काठमाडौंको हेम्स अस्पताल धुम्वाराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

Recommended For You

Leave a Reply

Your email address will not be published.