जडिबुटीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री घाइते,मोटरसाइकल चालक फरार

४ चैत, काठमाडौं 

काठमाडौंको जडिबुटीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा खोटाङ घर भइ ललितपुरको ईमाडोल बस्ने ५१ वर्षीय हेम बहादुर राई छन् । राईको वीर अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार राति करिब पौने ९ बजे नम्बर नखुलेको मोटरसाइकलले राईलाई जडिबुटी चोकमा ठक्कर दिएको थियो ।

राईलाई ठक्कर दिएर मोटरसाइकल सहित चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । onlinekhabar.com

Recommended For You

Leave a Reply

Your email address will not be published.